PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

लकडाउनले रित्तिएको काठमाडौंको 'लक-अप'मा फाट्टफुट्ट थुनुवा, १४० को क्षमताका कक्षामा ३ जनाको बसाई



पहिलोपोस्ट

लकडाउनले रित्तिएको काठमाडौंको 'लक-अप'मा फाट्टफुट्ट थुनुवा, १४० को क्षमताका कक्षामा ३ जनाको बसाई

काठमाडौं : करिव दुई साताजति रित्तो भएको महानगरीय प्रहरी परिसर काठमाडौंको थुनुवा कक्षमा विस्तारै थुनुवाहरु आउन थालेका छन्।

नेपाल प्रहरीको ६ दशक लामो इतिहासमा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत पहिलोचोटी खाली भएको थियो। सर्वोच्च अदालतले अहिले गम्भीर प्रकृतिका र पक्राउ गरी थुनामा नराखी नहुनेबाहेक अन्य घटनामा पक्राउ नगर्न भनेको छ। त्यसपछि काठमाडौं परिसर लगायतका केही हिरासत कक्ष रित्ता थिए।

केही समय सरकारले घोषणा गरको लकडाउनका कारण काठमाडौंमा हुने अपराध न्युन भएपछि थुनुवा समेत घटेका थिए। १ सय ४० जना क्षमता भएको हिरासतमा कुनै समय २ सय भन्दाबढी थुनुवा समेत राखिएको थियो। दैनिक १ सय जना थुनुवा आउनेजाने क्रम चलिरहेको हुन्थ्यो यहाँ। तर, अहिले तीन जनामात्र थुनुवा हिरासतमा छन्।

हिरासत खाली भएपछि रंगरोगन तथा सेनिटाइज गरेपछि हिरासतमा पुनः थुनुवाहरु राखिएको परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिए। 'अहिले जम्मा तीन जना थुनुवा रहेका छन्। पक्राउ गर्नैपर्ने प्रकृतिका मानिसलाई मात्र समातेर राखेका हौं,' डिएसपी केसीले भने।

ठगीका नटरवललाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ३ बालाजु बस्ने ४५ वर्षीय राजकुमार चापागाईं रहेका छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जेठ ७ गते पक्राउ गरेको थियो। चापागाईंले विभिन्न मानिसलाई स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै रकम ठगी गरेका थिए।

त्यस्तै, अन्य दुई जना भने लिखित सम्बन्धि कसुर अभियोगमा नियन्त्रणमा लिएका छन्। लकडाउन लम्बिँदै जाँदा अपराधका घटना पनि बढ्दै गएका छन्। काठमाडौंमा चोरीका घटन लकडाउनपछि बढेका छन्। जुवातास खेल्दा पक्राउ परेकादेखि अन्य मानिसलाई भने विभिन्न वृत्तमा राखिएको थियो, यसबीचमा।

काठमाडौं जिल्लामा १४ वटा प्रहरी वृत्त छ। सबै वृत्तमा नै हिरासत कक्ष छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell