PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

'डेथ अन द नाइल' निर्देशकले गरे बलिउड कलाकार अली फजलको तारिफ



पहिलोपोस्ट

 'डेथ अन द नाइल' निर्देशकले गरे बलिउड कलाकार अली फजलको तारिफ

बलिउड स्टार अली फजलले आइरिस फिल्मकर्मी केनेथ ब्रानघसँग सहकार्य गरे, फिल्म 'डेथ अन द नाइल'मा। फिल्म सन् २०२० को अक्टोबरमा सार्वजनिक हुने भनिएको छ। फिल्‍ममा अलीसँगको सहकार्य बारे केनेथले खुशी व्यक्त गरेका छन्।

पिटिआइसँगको अन्तर्वातामा उनले अली बारे भने : 'अलीसँग काम गर्नु एकदम खुशीको कुरा हो। उ एकदम निपुण छ। उ आफ्नो भूमिकालाई पूरापूर निभाउँछ। अली 'प्लेफुल' पनि लाग्यो। आवश्यक इम्प्रुभाइज गर्न सक्ने।'

उनले अली फजलको उर्जा र 'सेन्स अफ ह्युमर'को पनि तारिफ गरेका छन्। साथै फिल्मका अन्य कलाकारहरु बीच चर्चित बनेको समेत बताए।

'डेथ अन द नाइल'मा अलीसँगै आर्मी ह्यामर, गल ग्याडट. लेटिटिया. एन्नेट बिनिङ, रोज लेस्ली, रसेल ब्रान्ड र एम्मा म्याकीको अभिनय रहनेछ।

अलीले अन्य अन्तर्राष्ट्रिय फिल्महरुमा पनि काम गरेका छन्। उनले 'द अदर एन्ड अफ त लाइन' नामक फिल्मबाट डेब्यू गरेका हुन्। अमेरिकन टिभी कार्यक्रम 'बलिउड हिरो'मा पनि काम गरे। त्यस्तै 'फ्यूरियस ७'मा सफरको भूमिकामा देखिएका थिए।

बलिउडमा 'थ्री इडियट्स'मार्फत्‍ डेब्यू गरेका उनले 'अल्वेज कभी कभी', 'फुकरे', 'बबी जासुस', 'सोनाली केबल', 'खामोसिया' लगायत बलिउड फिल्ममा काम गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell