PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

'ससुराल सिमरका'का कलाकार आशिष राय संकटमा, आर्थिक अभावकै कारण गराउन पाएनन् डायलासिस



पहिलोपोस्ट

'ससुराल सिमरका'का कलाकार आशिष राय संकटमा, आर्थिक अभावकै कारण गराउन पाएनन् डायलासिस

भारतका चर्चति टिभी कलाकार आशिष राय एक महिना यता अस्पतालमा छन्। किड्नीको समस्या भोगिरहेका उनी आर्थिक संकटमा परेका छन् जसका कारण उनको डायलासिस रोकिएको छ। हिन्दुस्तान टाइम्सले जनाए अनुसार अस्पतालको शूल्क तिर्न नसकेकै कारण उनी उपचार पूरा नभइ घर फर्किएका छन्।

टाइम्स अफ इन्डियासँगको अन्तर्वातामा आफूसँग १ लाख रुपैयाँ नभएकै कारण उपचार रोकिएको बताएका हुन्। भनेका छन्,'मसँग न त डायलासिस खर्च छ न अस्पतालमा तिर्नका लागि नै पैसा छ।'

टेलिश्रृङ्खला 'ससुराल सिमर'का बाट चर्चामा आएका उनलले सुरेन्द्र भारद्वाजको भूमिका निभाएका छन्। त्यस्तै 'कुच रङ प्यारके ऐसा भी', 'जिन्नी और जुजस' लगायतमा अभिनय गरेका छन्।

आशीषको शरीरमा भएको अतिरिक्त पानी निकाल्नका लागि उनको गर्धनमा अस्थायी 'क्याथेटर' राखिएको छ। जसलाई दश पटक डायलासिस पछि फरक अङ्गमा स्थान्तरित गरिन्छ।

उक्त क्याथेटरले अत्याधिक पीडा दिए पछि डाक्टरसँग निकालिदिन आग्रह गरेका थिए आशिषले। तर, डायलासिस पूरा भएपछि शल्यक्रिया गरेर मात्र निकाल्न सकिने बताइयो।

भनेका छन्,'मुख्य समस्या अभाव हो। त्यसपछि दुखाई।'

उनका अनुसार सातामा ४ वटा डायलासिस आवश्यक छ। प्रत्येक पटक दुई हजार रुपैयाँ खर्च हुन्छ। 'यसरी सबै पैसा सकिँदैछ। डायलासिसको लागि त जसो तसो भइरहेको छ। तर मेरो काम गर्न छाडेका किड्नी कसरी ट्रान्सप्लान्ट गराउँ?'

कोभिड-१९ को जोखिमका कारण आगामी ६ महिनासम्म उनको ट्रान्सप्लान्ट सम्भव छैन। त्यतिन्जेल डायलासिस गराउनुको विकल्प नभएको उनको दावी छ।

उनको अभाव बारे खबर सार्वजनिक भए पछि इन्डस्ट्रीका दभ रञ्जन, हंशद मेहेता, हाबिब फैसल, विजय कृष्ण आचारर्य लगायतले सहयोग पुर्‍याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell