PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कर्णाली प्रदेशमा थप ८३ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

कर्णाली प्रदेशमा थप ८३ जनामा संक्रमण पुष्टि

काठमाडौं : कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये सुर्खेतका ४५ र दैलेखका ३८ जना रहेका छन्।

संक्रमितमध्ये सुर्खेतको भेरीगंगा नगरपालिकाका ६ जना, चिगाड गाउँपालिकाका ५ जना रहेका छन्।

त्यस्तै लेकवेसी नगरपालिकाका ३१ जना रहेका छन्। आज संक्रमण पुष्टि भएकामध्ये सुर्खेतकै सिम्ताका २ जना छन्।

त्यस्तै, दैलेखको दुल्लु नगरपालिकाका २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये एक जना दुल्लु अस्पतालका रहेका छन्। त्यस्तै भैरवी गाउँपालिकाका ७, ठाँटीकाँधका ३ जना रहेका छन्।

यससँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ८ सय ४६ जना पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell