PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

एकै दिन प्रदेश २ मा २ सयभन्दा धेरै संक्रमित



पहिलोपोस्ट

एकै दिन प्रदेश २ मा २ सयभन्दा धेरै संक्रमित

काठमाडौं : प्रदेश नम्बर २ मा एकै दिन २ सय ४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २४ घन्टामा थपिएका संक्रमितको जानकारी दिँदै यसको पुष्टि गरेको हो। एकै प्रदेशमा यति धेरै संक्रमण देखिएको यो सबैभन्दा उच्च संख्या हो।

संक्रमित हुनेमा ९ महिला र १ सय ९५ पुरुष रहेका छन्। भारतसँगको सीमावर्ती तराईका ८ वटै जिल्लामा कोरोनो संक्रमण व्यापक छ। भारतबाट भित्रिएकाहरुमा संक्रमण भेटिएको हो। पछिल्लो समय क्वारेन्टाइनमा रहेका मानिसमा कोरोनाको संक्रमण व्यापक देखिएको छ।  

आज थपिएका संक्रमितमा प्रदेश २ को रौतहटमा सबैभन्दा धेरै देखिएको छ। त्यहाँ ८६ जनामा संक्रमण देखिएको हो। त्यस्तै सर्लाहीमा ५७ जनामा संक्रमण देखिएको छ। सप्तरीमा १८ जना, सिराहमा ११ जना, महोत्तरीमा १६ जना र बारामा १ जना नयाँ संक्रमित थपिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell