PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

८० दिनपछि व्यापारको सटर त खुल्यो तर गल्ला खुलेन !

८० दिनपछि व्यापारको सटर त खुल्यो तर गल्ला खुलेन !

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  ८० दिनपछि धेरै व्यापारीले आफ्नो सटर उघार्न पाए। सडकमा पनि सवारीको लामो नै लाम देखियो। खाद्य तथा तरकारीका पसलमा केही मानिसको चहलपहल पनि बढेको थियो। तर कस्मेटिक, गहना, लत्ता कपडाका पसलमा भने ग्राहकको उपस्थिति शून्य नै देखियो।

उत्साहका साथ पसल पुगेका व्यापारीहरूले पसलमा पूरा दिन बिताउन सकेनन्। पसलमा पुगेर सरसफाइ गरे। केही बेर ग्राहक कुरे अनि आधा दिनमा नै फर्किए घर।

'अहिलेसम्म ग्राहक नै आएका छैनन्। अब एकछिनमा सटर बन्द गरेर फर्किने हो', दरबारमार्गमा एक व्यापारीले सुनाए।

अधिकांश व्यापारीको एउटै हाल भयो - ८० दिनपछि सटर खुल्यो तर गल्ला खुलेन।



ट्रेन्डिङ पोस्ट

Ncell