PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

वसन्तपुरमा युवाहरुको माग : 'आरडीटी बन्द गर, पीसीआर लागू गर'

वसन्तपुरमा युवाहरुको माग : 'आरडीटी बन्द गर, पीसीआर लागू गर'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं  : सरकारले कोरोना भाइरस परीक्षणका लागि शतप्रतिशत पीसीआर विधि लागू गर्नुपर्ने माग गर्दै युवाहरुले आज वसन्तुपर दरबार क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।

देशभर संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले पीसीआरभन्दा आरडीटी विधिबाट कोरोना परीक्षणलाई प्राथमिक्तामा राखेको भन्दै उनीहरुले विरोध गरेका हुन्। साथै उनीहरुले जनताको स्वास्थ्य अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गर्दै व्यवस्थित  क्वारेन्टाइनको माग समेत गरे।

केही दिनयता देशभर विभिन्नस्थानमा सरकार विरुद्ध प्रदर्शन हुँदै आइरहेको छ। सामाजिक संजालमा सक्रिय युवाहरुको समूह स्वस्फर्त रुपमा आन्दोलनमा सहभागी भइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell