
पाँचौं चरणको लकडाउन खुकुलो भएसँगै बलिउडमा फिल्म शुटिङ सुरु भएको छ। कलाकारहरुले सुरक्षाका उपाय अपनाएर काम सुरु गरेका छन्।
यस्तो बेला बलिउड अभिनेत्री श्रद्धा कपूरलाई घरबाट बाहिर निस्किन रोक लगाइएको छ। उनका पिता अभनेता शक्ति कपूरले आफू पनि बाहिर काम नगर्ने र श्रद्धालाई नपठाउने जानकारी दिएका छन्। उनले कोरोनाको खतरा नटरेको र खराब स्थिति आउनै बाँकी रहेकाले आफूहरु घरबाट ननिस्कने स्पष्ट पारेका हुन्। उनी परिवारसहित सेल्फ क्वारेन्टाइनमा छन्।
काम गर्नु जरुरी भएपछि जीवनभन्दा ठूलो नहुने उनी बताउँछन्। शुटिङ बढ्दा अव्यवस्था हुने र अस्पतालमा पैसा तिर्न कलाकारलाई तयार रहन पनि भनेका छन्।