PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

लकडाउनका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुद्वारा राहत प्याकेजको माग



पहिलोपोस्ट

लकडाउनका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुद्वारा राहत प्याकेजको माग

काठमाडौं : ट्रेकिङ गाइडहरु (पथप्रदर्शक)ले लकडाउनका कारण रोजगारी गुमेको भन्दै राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन्। ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका पदाधिकारीहरुले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरिएपछि ३५ हजार ट्रेकिङ गाइडको रोजगारी गुमेको भन्दै राहतको माग गरेका हुन्।

शुक्रवार नेपाल पर्यटन बोर्डको कार्यालय पुगेर उनीहरुले मागपत्र पेश गरेका छन्। एसोसिएसनका महासचिव सार्की शेर्पाले पर्यटन व्यवसाय नियमित रुपमा सञ्चालन नभएसम्मका लागि प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने बताए। उनले अहिले सबै पथप्रदर्शकहरु बेरोजगार बनेको र दैनिक गुजारा चलाउन समेत समस्या भइरहेको बताए। पथप्रदर्शक र यसक्षेत्रमा काम गर्ने सबै मजदुरहरुलाई आवस्यक तालिम उपलब्ध गराउन र सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने व्यवस्था मिलाउन समेत माग गरिएको महासचिव शेर्पाले बताए।

पथप्रदर्शकहरुले पर्यटन विधेयक २०७७ मा पथप्रदर्शकको भूमिका स्पष्ट गर्न समेत माग गरेका छन्। उनीहरुले अनुभव तथा सीपको आधारमा पथप्रदर्शकहरुको स्तर वर्गीकरण गर्न, राजश्व एकद्वार प्रणालीबाट लिनुपर्ने, सरकारले पर्यटकहरुलाई जारी गर्ने अनुमति पत्रमा टिम्स तथा राष्ट्रिय निकुञ्ज प्रवेश अनुमति पत्र तथा संरक्षित क्षेत्र अनुमति पत्रमा सम्बन्धित पथप्रदर्शकको नाम र परिचयपत्र उल्लेख हुनुपर्ने लगायतका व्यवस्था ऐन मार्फत नै गर्न माग गरेका छन्। उनीहरुले टिम्स बापत उठाएको मजदुर कल्याणकारी कोषमा रहेको रकमबाट पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुका लागि राहत उपलब्ध गराउन माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell