PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

मर्मत अभावमा भग्नावशेषमा परिणत हुँदै वीरगंजको नारायणी रंगशाला

मर्मत अभावमा भग्नावशेषमा परिणत हुँदै वीरगंजको नारायणी रंगशाला

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : स्थानीय तह, प्रदेश र संघीय सरकारको लापर्बाहीको कारण दशरथ रंगशाला पछि देशकै गौरवको रुपमा रहेको वीरगंजको नारायणी रंगशाला अहिले भग्नावशेषमा परिणत हुँदै गएको छ। २०४३ सालमा स्थापना भएको नारायणी रंगशाला मर्मतका लागि केन्द्र सरकारबाट आगामी आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ मात्रै विनियोजित भएको हुँदा अहिले वीरगंज आसापासका खेलप्रेमीहरु निराश बनेका छन्।

वीरगंज-१२ मुर्लीका कामेश्वर प्रसाद साहले तीन वटै सरकारको बेवास्ताको कारण वीरगंजको नारायणी रंगशाला र क्रिकेट मैदान पनि ओझेलमा पर्दै गएको गुनासो गरे। ३३ वर्ष पुरानो फुटबल मैदान भग्नावशेष अवस्थामा पुगेको छ। सरकारले समयमा उचित मर्मत सम्भार नगर्दा समस्या भएको हो।

१८ बिघा क्षेत्रमा फैलिएको क्रिकेट र फुटबल मैदान जीर्ण बन्दै जाँदा वीरगंजमा खेलकुद गतिविधिमा कमी आउनु र खेलप्रेमी निराश बन्नुको साथै राष्ट्रिय खेलाडी उत्पादनमा पनि समस्या बन्दै गएको क्रिकेटका प्रशिक्षक कन्हैया कुमार कायस्थले बताए। रंगशाला रहेकै क्षेत्रबाट मुख्यमन्त्री लालाबाबु राउत, सांसद प्रदिप यादव र नगर प्रमुख विजय सरावगी, प्रदेश सांसद जन्नत अन्सारी निर्वाचित भएको र उनीहरुको गृह टोल समेत रहेको क्षेत्रप्रतिको उपेक्षाले रंगशालाले पुनर्जीवन पाउन नसकेको स्थानीयको आरोप छ।

नारायणी रंगशालाको मर्मत सम्भारमा विगत केही वर्षदेखि सक्रिय रहेका पूर्वसभासद विचारी यादवले आफू २०७० सालमा निर्वाचित हुँदा १५ लाख खर्च गरी अढाई अर्ब बजेट आवश्यक रहेको डीपीआर बनाएको तर त्यसपछि गत वर्ष केन्द्र सरकारले प्रदेश सरकारसँग जनकपुरमा प्रादेशिक रंगशाला बनाउने नीति ल्याएपछि वीरगंजको रंगशाला ओझेलमा परेको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell