PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कोरोना रोकथाममा सरकारले लापर्बाही गरेको भन्दै प्रदर्शनमा उत्रिए युवा



पहिलोपोस्ट

कोरोना रोकथाममा सरकारले लापर्बाही गरेको भन्दै प्रदर्शनमा उत्रिए युवा

काठमाडौं : कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सरकारले लापर्बाही गरेको भन्दै चितवनको राप्ती नगरपालिकास्थित भण्डारा चोकमा युवाले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।

उनीहरुले विभिन्न नारा लेखिएका पम्प्लेटसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा सामाजिक तथा भौतिक दुरी कायम गरिएको थियो।

प्रदर्शनमा संलग्न युवाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्ने तथा पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने जस्ता मागहरु राखेका थिए। उक्त प्रदर्शनमा राप्ती नगरपालिकाका सयौँ युवा उपस्थित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell