
भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि कब्जा गरेकोविरुद्ध सर्वत्र विरोध भइरहेको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपाल सरकारले नयाँ राजनीतिक नक्शा समेत सार्वजनिक गरेको छ।
यसैबीच, नेपाली भूमिमाथि भारतले बारम्बार गरेको थिचोमिचोविरुद्ध आवाज उठाउन जागरुक गराउने राष्ट्रभावले ओतप्रोत गीत ‘नझुकुन हाम्रा शिरहरु’को म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रवार युट्युबमार्फत सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गीतमा भुजय अधिकारी र मनिष राईले स्वर रहेको छ। गीतमा गायक अधिकारीकै संगीत रहेको छ भने उत्तम केसीको शब्द छ। स्टुडियो किङमा रेकर्ड भएको सो गीतलाई साइराम पिक्चर्सले बजारमा ल्याएको हो। म्युजिक भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन्।
गीतले तीन करोड नेपालीको आवाज बोकेको छ। भारतीय विस्तारवादविरुद्ध आवाज उठाउन झक्झकाएको छ।