A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a784800d60cd4.17935807): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a784800d60cd4.17935807,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

प्रदेश २ मा सबैभन्दा बढी जोखिममा छन् रौतहट र सर्लाही, तर छैन पीसीआर प्रयोगशाला
PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

प्रदेश २ मा सबैभन्दा बढी जोखिममा छन् रौतहट र सर्लाही, तर छैन पीसीआर प्रयोगशाला



राधेश्याम पटेल

प्रदेश २ मा सबैभन्दा बढी जोखिममा छन् रौतहट र सर्लाही, तर छैन पीसीआर प्रयोगशाला

वीरगंज : प्रदेश २ मा शुक्रवार २०४ जना संक्रमित थपिएका छन्। योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या १ हजार ८ सय ६ पुगेको छ। जसमा आधा संक्रमित ८ मध्ये २ जिल्लाका मात्रै छन्।

कुल संक्रमितमध्ये रौतहट र सर्लाही उच्च जोखिममा देखिएको छ भने संक्रमित बढ्ने दर पनि यी दुई जिल्लाको उच्च छ। रौतहटमा शुक्रवार साँझ ४ बजे सम्मको तथ्यांक अनुसार ६१७ जना कुल संक्रमित भेटिएका छन् भने सर्लाहीमा ४ सय ७१ जना छन्। यसरी सप्तरीमा १२९, सिरहामा ७३, धनुषामा १५९, महोत्तरीमा १८९, बारामा ८५, पर्सामा ११९ र ३ भारतीय गरी कुल १ हजार ८०६ जना संक्रमित भेटिएका हुन्।

प्रदेश २ मा दैनिक संक्रमित थपिनुको मुख्य कारण भारतबाट आएर क्वारेन्टाइनमा बसेका नेपाली नागरिक रहेको खुलेको छ।

स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साह भन्छन्, ‘भारतको मुम्बई, दिल्ली र गुजरातबाट आउनेमा संक्रमित हुनेको सम्भावना उच्च छ, १० जनामध्ये ८ जनामा संक्रमण भेटिरहेको छ।’

सर्लाहीको गौडेता नगरपालिकाका मेयर देवेन्द्र यादवले भने प्रदेश २ मा कोरोना संक्रमण नियन्त्रणमा केन्द्र सरकार फेल भएको र प्रदेश सररकारको पनि उत्तिकै बेवास्ता देखिएको आरोप लगाए।

‘जनताको भावनासँग खेलवाड भइरहेको छ, खाली क्वारेन्टाइनमा राखेर हुन्छ। न चेक भइरहेको छ, न खानेकुराको व्यवस्थापन राम्रोसँग गर्न पाइएको छ। रिपोर्ट पनि १५ दिनपछि मात्र आइरहेको छ, यसरी सबैको घरपरिवारलाई चिन्ताले सताएको छ।’

प्रदेश २ को आठ जिल्लामा वीरगंज, जनकपुर र राजविराजमा गरी ३ स्थानमा पीसीआर ल्याब सञ्चालनमा छ तर अरु ५ जिल्लामा पनि ल्याब स्थापना गर्नु पर्ने सम्बन्धित जिल्लाका स्वास्थ्यकर्मीहरुको भनाइ छ।

‘कहिले जनकपुर, कहिले काठमाडौं, कहिले हेटौँडा त कहिले वीरगंज नमुना पठाउँदा पठाउँदा थाकिसक्यौं। खर्च पनि बढि परिरहेको छ राज्यको। जिल्लामै ल्याब भएपछि सहज हुन्छ, परिक्षण गर्न र रिपोर्ट दिन’, रौतहटका कोभिड फोकल पर्सन हरेन्द्र गुप्तालले भने।

प्रदेशमा हालसम्म करिब ३१ हजार स्वाब संकलन भएकोमा १५ हजार स्वाबको रिपोर्ट आउन बाँकी छ। प्रदेश २ को आठ जिल्लामा ४२८ क्वारेन्टाइनमा गरी १८ हजार ३ सय १९ जना कोरोनाका शंकास्पद संक्रमित रहेका छन् भने ९ हजार ७८८ जना होम क्वारेनटाइनमा छन्। आठ जिल्लामा १ हजार ४ सय ११ आइसोलेसन वार्डको क्षमता रहेकोमा ७३४ जना आइसोलेसनमा उपचाररत छन्।

रौतहटमा एकै दिन ८६ जना नयाँ संक्रमित थपिए

रौतहटमा शुक्रवार थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ६ सय १७ पुगेको छ। शुक्रवार थपिएकामा राजपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८५ जना र परोहा नगरपालिकामा एक जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

भारतबाट फर्की सम्बन्धित नगरपालिकाको क्वारेन्टाइनमा बसेका उनीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय गौरका ल्याब सुपरभाइजर राजकुमार साहले संक्रमितको संख्या पुष्टि गरे। रौतहटमा एक सय दुई जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने अन्य संक्रमितहरूलाई जिल्लाकै विभिन्न आइसोलेसन कक्षमा राखी उपचार भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell