PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

कोपा इटालिया: रोनाल्डो चुक्दा युभेन्टस बराबरीमा रोकियो, अवे गोलका आधारमा फाइनलमा



पहिलोपोस्ट

कोपा इटालिया: रोनाल्डो चुक्दा युभेन्टस बराबरीमा रोकियो, अवे गोलका आधारमा फाइनलमा

कोपा इटालिया अन्तर्गत गएराति भएको खेलमा युभेन्टस र एसी मिलान गोलरहित बराबरीमा रोकिएका छन्। खेल अवधिभर युभेन्टस हावी भए पनि गोल गर्न नसक्दा खेल बराबरीमा रोकिन पुग्यो।

युभेन्टसले खेलको १६ औं मिनेटमै पेनाल्टीको अवसर पाए पनि क्रिस्टियानो रोनाल्डो यसमा चुकेका थिए।

खेल बराबरीमा रोकिए पनि अवे गोलको आधारमा युभेन्टस फाइनलमा प्रवेश गरेको छ। यसअघिको १३ फेब्रुअरीमा भएको खेलमा युभेन्टसले घरेलु टोली मिलानसँग १-१ को बराबरी खेलेको थियो।

युभेन्टसले बुधवार रोममा हुने फाइनल खेलमा इन्टरमिलान या नापोलीसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell