PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

खराबतिरको यात्रामा नेपालले पछि पार्‍यो सेनेगल, उज्बेकिस्तान र ताजकिस्तानलाई



पहिलोपोस्ट

खराबतिरको यात्रामा नेपालले पछि पार्‍यो  सेनेगल, उज्बेकिस्तान र ताजकिस्तानलाई

काठमाडौं : कोरोना भाइरसका कारण खराब मुलुक बन्ने प्रतिस्पर्धामा नेपाल थप एक कदम अगाडि पुगेको छ। नेपालले कोभिड १९ संक्रमितको संख्यामा सेनेगल, उज्बेकिस्तान र ताजकिस्तान लगायतका मुलुकलाई पछि पारेको छ।

१६ जनाको संक्रमणबाट मृत्यु भइसकेको नेपालमा शुक्रवारसम्म ५ हजार ६२ कोभिड १९ संक्रमित पुगेका छन्। हिजो एकै दिन नेपालमा ४ सय ४२ जनामा संक्रमण देखिएको हो। प्रदेश नम्बर २ मा संक्रमण सबैभन्दा तिब्र गतिमा फैलिएको छ भने त्यसको पछिपछि छ प्रदेश नम्बर ५। त्यसपछि कर्णाली, सुदुर पश्चिम, प्रदेश नम्बर १, वाग्मती र गण्डकी।

विश्वका खराब मुलुकको सूचीम नेपाल ७५ औं स्थानबाट ७१ औंमा उक्लिएको हो। नेपालभन्दा अगाडि अब सुडान, फिनल्यान्ड, अस्ट्रेलिया रहेका छन्। सुडानमा संक्रमितको संख्या ६ हजार ८ सय ७९ छ भने फिनल्यान्डमा ७ हजार ७३। अस्ट्रेलियामा संक्रमितको संख्या ७ हजार २ सय ९० रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell