
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा लाइपजिगले होफेनहाइममाथि २-० को जित निकालेको छ। डानी ओल्मो चम्किँदा लाइपजिगले सहज जित निकालेको हो।
खेलमा दुवै गोल पहिलो हाफमा लागेको हो। खेलको ९ औं मिनेटमै ओल्मोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए। त्यसको २ मिनेट भित्रै फेरि उनले नै अर्को गोल थपे। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र लाइपजिगले २-० ले खेल आफ्नो पक्षमा पार्यो।
जितसँगै लाइपजिगले दोस्रो स्थानमा रहेको डर्टमन्डसँग अंक दुरी घटाएको छ। ३१ खेल खेलेको लाइपजिगको ६२ अंक छ भने ३० खेल खेलेको डर्टमन्डको ६३ अंक छ। डर्टमन्ड र लाइपजिग क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।
तालिकाको शीर्ष स्थानमा भने ७० अंकसहित बायर्न म्युनिख रहेको छ।