PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

बेवारिसे शवमा कोरोना  सङ्क्रमण भेटियो,  वीरगंजमा थप ५ जनामा कोरोना पोजेटिभ  



राधेश्याम पटेल

बेवारिसे शवमा कोरोना  सङ्क्रमण भेटियो,  वीरगंजमा थप ५ जनामा कोरोना पोजेटिभ  

वीरगंजः वीरगंजमा एक बेवारिसे शवसहित थप ६ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको छ।

सखुवा प्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका तीन जना, वीरगंज महानगरपालिका निवासी दुई जना र घण्टाघरमा फेला परेको बेवारिसे शवमा कोरोना सङ्क्रमण देखिएको नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले जानकारी दिए। 

उनका अनुसार मृतक अन्दाजी २५ वर्षका छन्। उनको परिचय खुल्न सकेको छैन। उनको शव बिहीबार दिउँसो १ बजे घण्टाघर नजिकै फेला परि  नारायणी अस्पतालको शव गृहमा राखिएको छ ।

यस्तै सखुवा प्रसौनीको क्वारेन्टाइनमा रहेका ३ र १५ वर्षीय बालकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोही क्वारेनटाइन रहेकी ३० वर्षीय महिलामा पनि सङ्क्रमित भएकी छन् ।

यता,वीरगंजका एक ३४ वर्षीय महिला र निजका भतिजामा पनि सङ्क्रमण पुष्टि भएको  छ । दुवै जना भारतको तिरुपति बालाजीबाट आएका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell