
काठमाडौं : नेकपाका नेता भीम रावलले जथाभावी सरकारी नियुक्तिको कडा निन्दा गरेका छन्। दलका केही नेता र पत्रकारविरुद्ध सोसल मिडियामा लगातार सक्रिय रहेका गुरु भट्टराईलाई रेल्वे विभागको महा प्रवन्धक नियुक्त गरिएको छ। नेता रावलले यस्ता नियुक्तिले देश र पार्टी दुवैलाई क्षति पुग्ने बताएका छन्।
पार्टीभित्र छलफल नगर्ने, सरकारी नियकामा जथाभावी नियुक्तिको उनले कडा आलोचना गरका हुन्। रावलले ट्विटरमा लेखेका छन् - राष्ट्रिय महत्वका विषयमा पार्टीमा बैठक र छलफल नहुने र सरकारी निकायका जिम्मेवारी देश, जनता र पार्टीका लागि कुनै योगदान नगरेका सामाजिक सञ्जालमा अश्लील र उछृंखल किसिमले कसैको तावेदारी र कसैको वेइज्जत गर्नेहरूलाई दिदैजाने कार्यले देश र पार्टीमाथि आउदै गरेको संकटको आभास हुनथालेको छ।
राष्ट्रिय महत्वका विषयमा पार्टीमा बैठक र छलफल नहुने र सरकारी निकायका जिम्मेवारी देश, जनता र पार्टीका लागि कुनै योगदान नगरेका सामाजिक सञ्जालमा अश्लील र उछृंखल किसिमले कसैको तावेदारी र कसैको वेइज्जत गर्नेहरूलाई दिदैजाने कार्यले देश र पार्टीमाथि आउदै गरेको संकटको आभास हुनथालेको छ ।
— Bhim Rawal, Ph.D. (@BhimRawal179) June 13, 2020