PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

गण्डकीमा संक्रमित पुगे १ सय ९७



पहिलोपोस्ट

गण्डकीमा संक्रमित पुगे १ सय ९७

काठमाडौं : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ९७ पुगेको छ। पर्वको कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका ६ वर्षीयबालक र १७ वर्षीया किशोरीमा संक्रमण देखिएको हो। उनीहरु दुवै कुश्मा नगरपालिकाकै हुन्। त्यहीँकै क्वारेन्टाइनमा रहेका जलजला गाउँपालिकाका वर्ष १७ वर्षीय किशोर र महाशिला गाउँपालिकाका १६ वर्षीय किशोरमा पनि संक्रमण देखिएको छ। उनीहरुलाई जिल्लास्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भइरहेको छ|

साथै, गण्डकीकै नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिकामा क्वारेन्टाइनमा रहेका ४५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएको छ| उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell