
नयाँ दिल्ली : भारतमा संक्रमितको संख्या ३ लाख पार भएको छ। इन्डियन एक्सप्रेसका अनुसार भारतमा संक्रमितको संख्या ३ लाख ८ हजार ९ सय ९३ पुगेको हो। भारतमा १७ दिनपछि संक्रमितको संख्या दोब्बर भएको हो। यसअघि संक्रमित संख्या दोब्बर हुन १५ दिन पूरा लागेको थियो।
शुक्रवार भारतमा ११ हजार ४ सय नयाँ केसहरु थपिएपछि संक्रमित संख्या माथि चढेको हो। कोरोनाको संकटबाट घेरिँदै गएपछि सरकारले मृत्यु संख्याको आँकडा देखाउँदै आफ्नो कमजोरी छोप्ने प्रयास गरिरहेको छ।