
काठमाडौं : सामाजिक सञ्जालबाट जोडिएका सरकारसँग असन्तुष्ट युवाहरुले केही दिनदेखि देशभर प्रर्दशन तथा विरोधका कार्यक्रमहरु गरिएका छन्। उनीहरुले अहिले कोरोना संक्रमणको बेला सरकारले देखाएको उदाशिनतादेखि भारतले हडपेको भूमिको विषयमा समेत नारा लागिरहेको छ।
आज हुने प्रर्दशनमा विदेशीहरुको घुसपैठ हुनसक्ने प्रहरीको विशेष व्युरोले जानकारी दिएको छ। त्यसैले आजको प्रर्दशनलाई प्रहरीले विशेष सुरक्षाको साथ लिएको छ। आज प्रर्दशनमा सहभागी जनाउन लागेका तीन जनालाई नियन्त्रणमा लिइसकेको छ।
'हामीले तीन जना विदेशीलाई नियन्त्रणमा लिएका छौं। उनीहरुले आन्दोलनलाई भड्काउने बुझिएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।
आज नै प्रतिनिधिसभामा कालपानी, लिम्पियाधुरा, लिपुलेग समेटिएर बनाएको नेपालको नयाँ नक्सा सम्वन्धि संशोधन विधेक पारित हुँदैछ। दिउँसो १ बजेसम्म बैठकमा संशोधन विधेक पारित हुने कार्यक्रम रहेको छ। संशोधको विरुद्धमा रहेका केही समूहले समेत आन्दोलनलाई भड्काउने र चर्काउन सक्ने प्रहरीले सुचना भएको छ।
आज काठमाडौंको माइतीघर मण्डलामा विरोधमा जारी छ। आजको प्रर्दशनमा धेरै मानिसको सहभागिता हुने भन्दै सुरक्षा कडा पारिएको छ भने धर्ना सुरु हुनुभन्दा अगाडि नै मानिसहरु समात्न थालिएको छ।
अहिलेसम्म प्रर्दशनमा सहभागीहरु संयमित नै देखिएका छन्। प्रर्दशनकारीको सङ्ख्या धेरै हुने भएकाले सोही अनुसार सुरक्षा व्यवस्था समेत अपनाएको छ। सरकारको विरोधमा उत्रिएका समुहहरुको गतिविधिलाई भारतीय मिडियाले गतल तरिकाले व्याख्या गरिरहेको छ। उनीहरुले लिपुलेक, लिम्पियाधुर सहितको नेपाली भूमीको विषयलाई जोडेर गतल प्रचार गरिरहेका छन्।