PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

शाहरुखसँग सहकार्य नगरी बलिउड छाड्दिन : अनुराग कश्यप



पहिलोपोस्ट

शाहरुखसँग सहकार्य नगरी बलिउड छाड्दिन : अनुराग कश्यप

फिल्मकर्मी अनुराग कश्यपले आफू शाहरुख खानसँग काम नगरेसम्म बलिउडमा सक्रिय रहने बताएका छन्। एउटै कलेजमा पढेदेखि उनीहरुको चिनजान भएको हो। तर, दुवै बलिउडमा स्थापित हुँदा समेत यी दुईले एउटै फिल्ममा काम भने गरेका छैनन्। हालै अनुरागले शाहरुखसँग काम गर्ने इच्छा व्यक्त गरेका हुन्।

अनुरागका अनुसार शाहरुख युनिभर्सिटीमा अनुरागभन्दा अघिल्लो ब्याचका थिए। टाइम्स अफ इन्डियासँग उनले भनेका छन्,’शाहरुख सधैं ठूलो दाजु सरह साथ र सहयोगका लागि तयार हुन्थे।‘

उनले शाहरुखसँग पटकपटक सहकार्यको योजना बनेपनि सफल नभएको समेत बताएका छन्। भने,’हामी अवश्य सहकार्य गर्नेछौं। शाहरुखसँग फिल्म नबनाइ म कहीं पनि जाने छैन।‘

शाहरुख भने फिल्म ‘ब्रह्मास्त्र’मा अतिथि कलाकारको भूमिकामा देखिँदैछन्। आयान मुखर्जी निर्देशित फिल्ममा रणवीर कपुर र आलिया भट् केन्द्रिय पात्रका रुपमा देखिँदैछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell