PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

जब प्रदर्शनकारीले गाए राष्ट्रिय गान, प्रहरीले गर्‍यो सेल्युट : आन्दोलनमा रोचक दृष्य

जब प्रदर्शनकारीले गाए राष्ट्रिय गान, प्रहरीले गर्‍यो सेल्युट : आन्दोलनमा रोचक दृष्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रदर्शनकारीका लागि सधैं बाधक भनेको प्रहरी नै हुने गरेका छन्। जब प्रर्दशनकारी सडकमा नारा धन्काउँदै उत्रिन्छ, प्रहरी पनि बुट बजार्दै तैनाथ हुन्छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने वा सार्वजनिक सम्पति फोड्ने गरे प्रहरीले रोक्न प्रयास गर्छ। अनि लठ्ठी चार्जदेखि अश्रु ग्याससम्म त्यही प्रहार हुन्छ। अपवाद बाहेकका घटनामा देखिने दृष्य यिनै हुन्।

तर, केही दिनदेखि काठमाडौंमा देखिएका प्रदर्शन भने निकै रचनात्मक देखिएका छन्। जुन दृष्य शनिवार माइतिघर मण्डलामा समेत देखियो। १० बजेदेखि साढे ११ बजेसम्म विरोधको कार्यक्रमम तय थियो, आज बिहान। प्रर्दशनककारी हातमा फूल लिएर सडकमा उत्रिए। लाइनमा बसेर विरोध गरे। प्रहरीले पनि खासै लाठी चलाउनु परेन।

एउटा दृष्यले भने सबैको ध्यान खिच्यो। एक जना युवकले हातमा माइक लिएर। अनि उनीसँगै लयमा मिलाएर अरुले पनि गाउन थाले - सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली ...

प्रर्दशनलाई नियन्त्रण गर्ने पुगेका प्रहरी पनि रोकिए, एउटै पङ्क्तिमा रहेर सेल्युट गरे। आन्दोलनलाई नियन्त्रण गर्नका लागि एसपी सोमेन्द्र सिंह राठौर खटिएका थिए। उनले राष्ट्रिय गान बज्न थालेपछि सेल्युट गरे। त्यसपछि बाँकी प्रहरीले पनि साथ दिए। उनीहरुले सँगै राष्ट्रिय गान पनि गाए। आन्दोलन सकियो। आन्दोलनमा यस्ता दृष्य भने सायदै देख्न पाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell