PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ’



पहिलोपोस्ट

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ’

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रकालमा गुमाएको नेपाली भूभाग गणतन्त्रले फिर्ता लिने बताएका छन्। भूमि फिर्ताको विषयमा दलहरुबीच भएको राष्ट्रिय एकतामा पनि उहाँले प्रशंसा गरे। 

संविधान संशोधन विधेयकको दफवार छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले संशोधन प्रक्रियामा साथ दिने सबै राजनीतिक दललाई धन्यवाद पनि दिए। 

उनले सबै खाले वैदेशिक हस्तक्षेपबाट उन्मुक्त नेपाल निर्माण पनि गणतन्त्रको एउटा ऐतिहासिक मुद्दा भूमि फिर्ता पनि भएको प्रचण्डको भनाई छ । 

कुनै पनि दलले जस वा अपजसभन्दा लामो समयदेखिको प्रयत्नको केन्द्रीकृत अभिव्यक्तिका रुपमा घटनाक्रमलाई लिनुपर्ने प्रचण्डको भनाई छ। केन्द्रीकृत प्रयासबाट गुमेको भूभाग फिर्ता लिने नयाँ चरण प्रवेश भएको उहाँको भनाई छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell