PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

संसदमा सरिता गिरीविरुद्ध हुटिङ, सभामुखले संशोधन प्रस्ताव अस्वीकृत गरेको रुलिङ गरेपछि बैठकबाट बाहिरिइन्



पहिलोपोस्ट

संसदमा सरिता गिरीविरुद्ध हुटिङ, सभामुखले संशोधन प्रस्ताव अस्वीकृत गरेको रुलिङ गरेपछि बैठकबाट बाहिरिइन्

काठमाडौँः संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीले बोल्न समय मागेपछि प्रतिनिधिसभामा होहल्ला भएको छ। संविधान संशोधन विधेयकको आधारभूत संरचना विपरीत नै संशोधन दर्ता गरेको भन्दै आलोचना खेपिरहेकी उनले बोल्न खोज्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले होहल्ला गरेका हुन्। 

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न समय दिएका थिए। प्रचण्ड रोस्ट्रमतिर जाँदै गर्दा सांसद गिरीले बोल्न खोजेकी थिइन्। सुरुमा सभामुख सापकोटाले संक्षिप्त धारण राख्न अनुमति दिए। 

तर, नेकपा सांसदले होहल्ला गरेपछि सभामुखले गिरीको प्रस्ताव अस्वीकार भएको जानकारी गराउँदै बोल्ने अनुमति दिएनन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell