
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय मन्त्रीहरुलाई धन्यावाद दिएका छन्। भारतले कस्मीर समावेश गरेर आन्तरिक राजनीतिमा व्यवस्थापनका लागि नक्सा जारी गरेपछि नै नेपालले विरोध जनाएको उल्लेख गर्दै उनले पछिल्लो पटक सडक उद्घाटन गरेर नेपाललाई आफ्नो अडान राख्ने अवस्था सिर्जन गरिदिएकोमा धन्यवाद दिए।
'हामीले वार्ता र संवादबाटै यो समस्यालाई समाधान गरौला भन्ने चाहेका थियौं,' प्रचण्डले संसदमा भने, 'तर, एकाएक सडक उद्घाटन गरेर हामीलाई ब्युझाइदिने काम भयो। यसका लागि धन्यवाद।'
भारतका रक्षामन्त्री राजनाथ यादवले लिपुलेक हुँदै तिब्बतको मानसरोबर जोड्ने सडकको उद्घाटन गरेका थिए। नेपाली भूमि हुँदै भारतीय सेनाले बनाएको सडकको उद्घाटन गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो। त्यहीबाट नक्साको स्वरुप परिवर्तनको प्रकृया अगाडि बढेको हो। आज संविधान संशोधनबाट
उनले सीमाको विषयमा भारतसँग वार्ताबाटै समस्याहरु सुल्ट्याउने प्रतिवद्धता जाहेर गरे।
उनले राजतन्त्रकालमा गुमाएको नेपाली भूभाग गणतन्त्रले फिर्ता लिने बताएका छन्। भूमि फिर्ताको विषयमा दलहरुबीच भएको राष्ट्रिय एकतामा पनि उहाँले प्रशंसा गरे।
संविधान संशोधन विधेयकको दफवार छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले संशोधन प्रक्रियामा साथ दिने सबै राजनीतिक दललाई धन्यवाद पनि दिए।
उनले सबै खाले वैदेशिक हस्तक्षेपबाट उन्मुक्त नेपाल निर्माण पनि गणतन्त्रको एउटा ऐतिहासिक मुद्दा भूमि फिर्ता पनि भएको प्रचण्डको भनाई छ ।
कुनै पनि दलले जस वा अपजसभन्दा लामो समयदेखिको प्रयत्नको केन्द्रीकृत अभिव्यक्तिका रुपमा घटनाक्रमलाई लिनुपर्ने प्रचण्डको भनाई छ। केन्द्रीकृत प्रयासबाट गुमेको भूभाग फिर्ता लिने नयाँ चरण प्रवेश भएको उहाँको भनाई छ ।