PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

राजेन्द्र महतोको प्रश्न : महाकाली सन्धिमै राष्ट्रघात भयो, कसले गर्‍यो?



पहिलोपोस्ट

राजेन्द्र महतोको प्रश्न : महाकाली सन्धिमै राष्ट्रघात भयो, कसले गर्‍यो?

काठमाडौं : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले महाकाली सन्धि हुँदा राष्ट्रघात भएको भन्दै तिनलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। महतोले पार्टी फुटाइफुटाई महाकाली सन्धि गर्नेहरुलाई राष्ट्रघाती भएका भन्दै त्यसैबेला लिपुलेकदेखि लिम्पियाधुरासम्मको विषयलाई सम्बोधन हुनुपर्ने तर्क गरे।

सुरुमा मधेशीलाई राष्ट्रघाती भन्दै आक्षेप लगाउने गरेको भन्दै आलोचनात्मक रुपमा प्रस्तुत भएका महतोले मधेशीलाई औला देखाउँदै राष्ट्रघात अरुतिरबाटै भइरहेको बताए।

संविधान संशोधनको विषयमा अनुसूचीमात्र होइन, अन्य विषयलाई पनि समेट्न आग्रह गर्दा निजी विधेयकका रुपमा प्रस्तुत गर्नुपरेको उनले गुनासो गरे।

'नक्सामा जग्गा ल्याएर हुँदै, जमिन आउनुपर्‍यो,' महतोले भने, 'नक्सा भन्ने बिजुली आएजस्तो आउने र जाने जस्तो जाने हुनु भएन।'

उनले संविधान संशोधनमा आफ्नो दलको पूर्ण समर्थन रहेको बताउँदै सधै विभेदको अग्निपरीक्षा भोगिरहनुपरेको आक्षेप लगाए।

महतोले भारतसँग वार्ताको माध्यमबाट समस्या सुल्टाउनुपर्ने बताए। भारतसँगको सम्बन्ध केपी ओली र नरेन्द्र मोदीले नबनाएको भन्दै जनता जनतासँग जोडिएकाले समझदारी र वार्ता राम्रोसँग हुनुपर्ने बताए।

उनले नेपालको नक्सामा रहेको चुच्चो भाग किन र कसले हटायो सार्वजनिक हुनुपर्ने बताए। उनले संविधानमा मधेशी, दलित, थारु, जनजाति लगायत धेरै पक्षको असन्तुष्टि रहेको बताउँदै ती सबैको संविधान बनाउन आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell