PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सभामुखले संशोधन प्रस्ताव अस्वीकृत गरेपछि सरिता गिरीले भनिन्, ‘म निशान छापको विरुद्धमा छैन, प्रमाण मागेको हुँ’



पहिलोपोस्ट

सभामुखले संशोधन प्रस्ताव अस्वीकृत गरेपछि सरिता गिरीले भनिन्, ‘म निशान छापको विरुद्धमा छैन, प्रमाण मागेको हुँ’

काठमाडौँः समाजवादी जनता पार्टीका सांसद सरिता गिरीले स्रोत र प्रमाण खुलाए नयाँ नक्साको आफूले समर्थन गर्ने बताएकी छन्। गिरीले स्पष्ट स्रोत र प्रमाण नभएकाले आफूले विधेयकमा संशोधन दर्ता गरेको बनाइन्।

गिरी संशोधन सभामुख अग्निप्रसाद सापकोटाले शनिबार अस्वीकृत गरेका थिए। संशोधन अस्वीकृतसँगै विधेयकमात्र समावेश गरेर कार्यसूची प्रकाशन भएको थियो।

‘म निशान छापको विरुद्धमा छैन। मैले स्रोत प्रमाण खुलाउन माग गरेको हुँ।  अनि स्रोत प्रमाण खुलाइसकेपछि म समर्थनमा छु’ गिरीले भनिन्।

सभामुखले कुनै आधारबिना नै संशोधन प्रस्ताव अस्वीकृत गरेको आरोप पनि लगाइन्।

भनिन् ‘मेरो प्रस्ताव अस्वीकृत भएको जानकारी दिइयो। मैले कुन तर्कको आधारमा त्यो प्रस्ताव ल्याए हुँ मैले सदन र नेपाली जनतालाई बुझाउन पाइनँ। अब अहिलेसम्म चुप थिएँ। म यो नयाँ निशान छाप जसमा नेपालको वास्तविक सीमा परिवर्तन गरिएको छ। म त्यसको विरोधमा होइन। कानुनको निर्माताको रुपमा त्यो निशान छाप परिवर्तन गर्नुपर्ने आधार र कारण खुलाउन पर्ने हो। तर सरकारले पेश गरेको विधेयकमा नेपालको वास्तविक सीमा परिवर्तन गर्नुको आधार खुलाइएको छैन।’

उनले सीमा विवादमा प्रमाण जुटाउन सरकारले गठन गरेको समितिमाथि पनि प्रश्न उठाइन्, ‘सरकारले प्रमाण नै नजुटाइ नयाँ न्सा कसन ल्यायो? भोलि प्रमाण जुटाउन सकेन भने के सरकार पछि हट्छ? यो प्रश्न आइसक्यो।’

शनिबार प्रतिनिधसभा बैठकको सुरुमा नै गिरीले बोल्न समय मागेपछि प्रतिनिधिसभामा होहल्ला भएको थियो। संविधान संशोधन विधेयकको आधारभूत संरचना विपरीत नै संशोधन दर्ता गरेको भन्दै आलोचना खेपिरहेकी उनले बोल्न खोज्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले होहल्ला गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell