PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण



पहिलोपोस्ट

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण भएको छ। आज एक ट्वीट गर्दै उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

‘बुम बुम’ भनेर पनि चिनिने उनी पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तानसमेत हुन्।

‘म बिहीवारबाट अस्वस्थ महसुस गरिरहेको थिएँ। मेरो शरीर नराम्ररी दुखिरहेको थियो,’ उनले ट्वीटमा लेखेका छन्, ‘र मैले परीक्षण गराउँदा कोभिड पोजेटिभ देखियो। शीघ्र स्वास्थलाभका लागि प्रार्थनाको आवश्यकता छ। इन्सअल्ला।’

 

पछिल्लो समय कोरोनाको महामारी चलिरहँदा अफ्रिदी आफ्नो फाउन्डेसन मार्फत कोरोना प्रभावितलाई सहयोग गरिरहेका थिए। यसैक्रममा उनलाई कोरोना सङक्रमण भएको हुनसक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell