PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

थुनिएको कोठा खोल्न खोज्दा... (कविता)



सहयोग रञ्जित

थुनिएको कोठा खोल्न खोज्दा... (कविता)

तिमीलाई हिँड्न छुट छ

तर म एक कोठामा थुनिएको छु

 

पर्खालले घेरिएको मेरो शरीर

हल्का मातिएको छ अहिले

कहिले खाटमा लड्छु

त कहिले भुइँमै

 

खुट्टाले ढोका खोल्ने

प्रयास गर्छु म आजकाल

तर मेरा दुई हातले

मलाई रोकिरहेको छ

 

तिमीलाई हिँड्न छुट छ

तर म एक कोठामा थुनिएको छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell