PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कोरोना भाइरस : थप २ सय ७३ मा संक्रमण पुष्टि, मर्नेको संख्या १८ पुग्यो



पहिलोपोस्ट

कोरोना भाइरस : थप २ सय ७३ मा संक्रमण पुष्टि, मर्नेको संख्या १८ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै देशभर संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ।

शनिवार स्वास्थ्य मन्त्रालयका प्रवक्‍ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार नयाँ संक्रमितमध्य २ सय ४७ जना पुरुष हुन् भने ३६ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३६ रहेको छ। जससँगै संक्रमण मुक्त हुनेको संख्या ९ सय १३ पुग्यो।

त्यस्तै कोरोना भाइरस संक्रमणकै कारण थप २ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो। जससँगै मर्नेको संख्या १८ पुगेको छ।

हालसम्म ७२ जिल्लामा संक्रमित देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell