PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

वीरगंजमा मृत्यु भएका ५ वर्षे बालकको पीसीआर रिपोर्ट पनि पोजेटिभ, शवलाई यसरी शदगत गर्दै सेना



राधेश्याम पटेल

वीरगंजमा मृत्यु भएका ५ वर्षे बालकको पीसीआर रिपोर्ट पनि पोजेटिभ, शवलाई यसरी शदगत गर्दै सेना

वीरगंज : वीरगंजमा रहेको २ वटा संक्रमित शवलाई नेपाली सेनाले अन्त्येष्टि गर्ने जनाएको छ। वीरगंजको घणटाघरबाट फेला परेको  अपरिचित २५ वर्षका युवकको शवलाई मितेरी पुल नजिकको खाली जग्गामा शदगद गर्ने तयारी भइरहेको चण्डीप्रसाद गण, वीरगंजका प्रमुख सेनानी मदनजंग राणाले जानकारी दिए।

'अहिले कागजी प्रकृया पूरा गर्दै छौ, मेयर साहेबसँग समन्वय गरेर बेवारिसे शवको दाहसस्कार निर्णय भइसकेको छ,' उनले भने। शवबारे पहिचान नखुलेकोले परिवारजनको सहभागिता नरहने उनले बताए। बिहीवार दिउँसो १ बजे घण्टाघर नजिक विपी पार्कमा अपरिचित युवकको मृत्यु भएको प्रहरीले थाह भएपछि उनको स्वाब संकलन गरि पोस्टमार्टम गरेर शव गृहमा शव राखिएको थियो।

यता, आरडीटीमा पोजेटिभ देखिएको बारा, निजगढका ५ वर्षे बालकको शुक्रवार अपरान्ह ३ बजे मृत्यु भएको थियो। ती मृतक बालकको पीसीआार रिपोर्ट पनि पोजेटिभ आएको छ। उनको रिपोर्ट पोजेटिभ आएपछि नेपाली सेनाले ती बालकको शव बुझ्न वीरगंज-१४ बहुअरीस्थित वीरगंज हेल्थकेयर हस्पिटलमा पुगेको चन्दननाथ गण कलैयाका सेनानी पारश शाहले जानकारी गराए। दिउँसो १२ बजेसम्म निजगढस्थित पसाहा खोलाको छेउमा शवलाई शदगत गर्ने निर्णय भएको उनले बताए। शव बाहनमा पूर्ण रूपमा पीपीई लगाएर ३ जना सिपाही शव लिएर दाहसंस्कार गर्न पुग्नेछन्। निमोनियाबाट ग्रसित बालकलाई शुक्रवार विहान ११ बजे हेल्थकेयरको आइसोलेसन वार्डमा राखी उपचार भइरहेको क्रममा मृत्यु भएको छ। बालकसँगै अस्पताल पुगेका बुवाआमासँगै ४ जनालाई क्वारेन्टाइनमा पठाइएको छ भने स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ। अस्पतालका २ जना स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell