PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

नेविसंघको प्रदर्शनमा प्रहरीको लाठीचार्ज, पक्राउ परेका विद्यार्थीलाई क्वारेन्टाइन पठाउने तयारी



राधेश्याम पटेल

नेविसंघको प्रदर्शनमा प्रहरीको लाठीचार्ज, पक्राउ परेका विद्यार्थीलाई क्वारेन्टाइन पठाउने तयारी

वीरगंज : केन्द्र सरकारको कर नीतिको विरोधमा आज नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले वीरगंजमा प्रदर्शन गरेको छ। मध्यान्ह १२ बजेदेखि १ बजेसम्म गर्ने कार्यक्रममा पर्सा प्रहरीले हस्तक्षेप गरी प्रर्दशनकारी माथि बल प्रंयोग गर्दै लाठीचार्ज समेत गरेको छ।

कोरोना महामारीमा सडकमा आएर विरोध गर्ने जनतामाथि राज्यले कडाईको साथ प्रस्तुत हुने केन्द्र सरकारको नीतिअनुसार पर्सा प्रहरीले विद्यार्थीको विरोध प्रदर्शनमा बल प्रयोग गरेको प्रहरीले जनाएको छ। प्रहरीले घण्टाघर र माईस्थानमा भीडभाड गरी प्रदर्शन गर्ने ६ जना विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी गराइन्।

पक्राउ पर्नेमा मनोज साह, केशवराज मिश्रा, अभय कर्ण, भेष तिवारी, रमेश यादव, श्याम गुप्ता र श्रेस हजरा रहेका छन्। समाजिक दुरी नगरी र प्रहरीसँग जुहारी खेल्ने वातावरण बनाएकोले विद्यार्थी नेतालाई नियन्त्तणमा लिएर राखिएको प्रहरी उपरीक्षक पन्तले दावी गरिन्। यता,नेविसंघका नेता मनोज साहले प्रहरीले लाठीचार्ज गरी विद्यार्थीलाई नियन्त्रणमा लिनु दुखद भएको बताए।

उनले प्रहरीले चाडै रिहाई नगरे पर्सा प्रहरीकै विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी दिए।पक्राउ परेका ६ जनालाई रिहा गर्ने कि क्वारेन्टाइनमा १४ दिनको लागि पठाउने विषयमा सुरक्षा समितिमा सल्लाह भइरहेको पर्सा प्रहरीले जनाएको छ। हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय परिसरभित्रको चौतारोमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell