PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

निशान छापमा नयाँ नक्सा प्रस्ताव पारित भएपछि दीपावली

निशान छापमा नयाँ नक्सा प्रस्ताव पारित भएपछि दीपावली

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ।

निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकाका विभिन्न स्थानमा दीपावली गरिएको छ। शहीदगेट, माइतीघरलगायत क्षेत्रमा दीपावली गरिएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिवार निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई प्रतिनिधि सभाले सर्वसम्मत पारित भएको हो। प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell