PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा दुई शव फेला



रासस

कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा दुई शव फेला

चन्द्रौटा : कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा शनिवार दुई शव फेला परेका छन्। जिल्लाको वाणगङ्गा नगरपालिका वडा नम्बर ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको शनिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। अत्यधिक मदिरा सेवन र छारे रोगका कारण उनको ज्यान गएकोे जनाइएको छ।

त्यस्तै, बुद्धभूमि नगरपालिका-९ बरकुलपुर जंगलमा एक महिलाको शव फेला परेको छ। एक हप्ताअघि हराएकी ५५ वर्षीया पवित्रा थापाको शव रहेको स्थानमा विषादी पनि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। श्रीमान् १८ वर्षदेखि बेपत्ता भएपछि उनी मानसिक रोगकी शिकार भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell