PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चार्टर उडानको भाडा दोस्रो पटक घटायो सरकारले, कहाँ कति घट्यो?



वसन्तराज उप्रेती

चार्टर उडानको भाडा दोस्रो पटक घटायो सरकारले, कहाँ कति घट्यो?

काठमाडौं : स्वदेश फर्किने नेपालीसँग महँगो भाडा लिएको भन्दै चर्को आलोचना भएपछि सरकारले चार्टर उडानको भाडा दोस्रो पटक घटाउने भएको छ।

शनिबार पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका प्रतिनिधीलाई बोलाएर हवाई भाडादर पुनरावलोकनका लागि आग्रह गरेका थिए। यो आग्रहपछि निगमले भाडा घटाएको हो।

निगमले खाडी मुलुकको हवाई भाडा सय डलरसम्म घटाउने निर्णय भएको जनाएको छ। यस निर्णयबाट विशेष गरी खाडी, मलेसिया र साइप्रसमा रहेका नेपाली नागरिकहरुलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यता हिमालयले भने आन्तरिक छलफल पछि भाडा पुनरावलोकनको निर्णय हुने जनाएको छ।

कुन देशको भाडादर कति घट्यो?

देश

पहिलेको भाडादर(अमेरिकी डलरमा)

घटेपछिको भाडादर(अमेरिकी डलरमा)

कम्बोडिया

४००

दुबई

४५०

३७२

आवुधाबी

४५०

३७२

सारजाह

४५०

३७२

माल्दिभ्स

४८०

ओमन

४६०

३६८

क्वाललम्पुर

४६५

३७२

दोहा

४९०

३९२

बहराइन

४९०

३९२

हङकङ

५२०

-

कुवेत

५१०

४१०

दमाम साउदी अरब

५३०

४३०

रियाद

५६५

४६५

जेद्हा

५६५

४६५

जोर्डन

७७५

६६५

साइप्रस

८३०

७३०



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell