
जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा फोर्टुना डुसलडोर्फमाथि बोरुसिया डर्टमन्डले १-० को संघर्षपूर्ण जित निकालेको छ।
इस्पिट एरेना स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई हराउन डर्टमन्डका लागि अर्लिङ हल्यान्डले निर्णायाक गोल गरे। पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको खेलमा हल्यान्डले दोस्रो हाफको अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए।
जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको डर्टमण्डले शीर्ष स्थानको बायर्न म्युनिखसँग अंकदुरी घटाएको छ। जितसँगै ३१ खेल खेलेको डर्टमण्डको ६६ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ। अर्कोतर्फ शीर्षस्थानको बायर्न म्युनिखले ३० खेलबाट ७० अंक जोडेको छ। बायर्नले ३१ औं खेल आजै ग्लाडबाखसँग खेल्नेछ।