PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

गुल्मीमा कोरोना संक्रमित पुरुषको मृत्यु, राती नै शवको अन्त्येष्टि



पहिलोपोस्ट

गुल्मीमा कोरोना संक्रमित पुरुषको मृत्यु, राती नै शवको अन्त्येष्टि
प्रतिकात्मक तस्बिर

काठमाडौं : गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

शनिवार साँझ आइसोलेसनमा रहेका धुर्कोट गाउँपालिका वडा नम्वर ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको राति उपचारको क्रममा रेसुङ्गा नगरापलिका वडा नम्वर ९ स्थित आइसोलेसनमा मृत्यु भएको हो।

'हिजो साँझ आइसोलेसनमा मृत्यु भएको हो। उहाँ उपचारत हुनुहुन्थ्यो,' जिल्ला प्रशासन कार्यालय गुल्लमीका प्रमुख भरतकुमार शर्माले भने।

उनी भारतबाट आएपछि क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिएको थियो। बिरामी समेत रहेका उनलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो। संक्रमित शवको नेपाली सेनाको टोलीले राति नै व्यवस्थापन गरिसकेको छ।

'हामीले व्यवस्थित र सुरक्षित तरिकाले शव व्यवस्थापन गरिसकेका छौं,' सिडिओ शर्माले भने।

गुल्मीमा योसँगै कोरोनाबाट मृत्यु हुनेको सङख्या दुई पुगेको छ भने नेपालमा यसबाट मर्नेको संख्या १९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell