PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

नापोली कोपा इटालियाको फाइनलमा



पहिलोपोस्ट

नापोली कोपा इटालियाको फाइनलमा

कोपा इटालिया अन्तर्गत गएराति भएको खेलमा नापोली र इन्टर मिलानले १-१ गोलको बराबरी खेलेका छन्। यो सँगै अघिल्लो लेगमा १-० गोल अन्तरले जित निकालेको नापोली समग्रमा २-१ गोलअन्तरले जित निकाल्दै फाइनल प्रवेश गरेको छ।

गएराति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर बराबरीमा रोकिँदै सेमिफाइनलबाटै बाहिरिन पुग्यो। खेलको दोस्रो मिनेटमै इरिक्सनले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। तर खेलको ४१ औं मिनेटमा नापोलीका मेर्टिन्सले गोल गर्दै खेल बराबरीमा ल्याए। र, खेल पनि बराबरीमै रोकियो। जुन फाइनल प्रवेशका लागि नापोलीलाई पर्याप्त थियो।

सन् २०१४ को कोपा इटालियाको विजेतासमेत रहेको नापोलीले बुधबार फाइनलमा रोमको स्टेडिको ओलम्पियोमा युभेन्टसको सामना गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell