PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

नवलपरासी पूर्वमा थप दुई जनामा कोरोना सङ्क्रमण, गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ स ९९ पुग्यो



पहिलोपोस्ट

नवलपरासी पूर्वमा थप दुई जनामा कोरोना सङ्क्रमण, गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ स ९९ पुग्यो

काठमाडौः नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) थप दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ।

देवचुली नगरपालिका घर भई हाल क्वारेनटाइनमा रहेका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

२३ र ३२ वर्षीय सङ्क्रमित पुरुषलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लग्ने तयारी भइरहेको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ९९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell