PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, बेपत्ताको खोजी गर्दै सशस्त्र प्रहरी

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, बेपत्ताको खोजी गर्दै सशस्त्र प्रहरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिवार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ। पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन्।

पहिरोमा परि ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मीन कुमारी थापा, ८ वर्षीय बिबिसा थापा, ३० वर्षीय दिपा थापा र ३५ वर्षीय कमला बिक मृत्यु भएको हो।

पहिरोमा परी अन्य ४ जना बेपत्ता छन्। बेपत्ता हुनेमा १४ वर्षीय सम्राट थापा,१६ वर्षीय विवेक थापा, १३ वर्षीय जेनिस बिक र प्रनिस बिक छन्।

पहिरो लगत्तै  उद्दारका लागि सशस्त्र प्रहरी बल २५ नम्बर चण्डिका गण बाट सशस्त्र प्रहरी निरीक्षक सुशान्त थापाको टोली घटना स्थल पुगेको थियो। पहिरोमा परि तुलबहादुर थापा र कमला बिकको घर पुरिएको छ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए। अहिले बिहानबाट पुनः उद्धार कार्य सुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell