PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै, रावल र ज्ञवालीलाई पनि डाकियो



पहिलोपोस्ट

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै, रावल र ज्ञवालीलाई पनि डाकियो

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक बोलाएको छ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल हुने सचिवालयका एक सदस्यले जानकारी दिए।

एमसीसीबारे छलफलका लागि बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ। यसअघिको बैठकमा पनि रावल र ज्ञवाली सहभागी थिए। नेकपामा एमसीसी कार्यदलले बुझाएको अध्ययन प्रतिवेदनबारे छलफल हुन सकेको छैन। त्यसमाथि छलफल हुनुपर्ने नेताहरुको माग छ।

नेकपमा विवादित एमसीसीबारे छलफलका लागि गत जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित भएको थियो।

नेकपामा धेरै नेताहरु एमसीसी यथास्थितिमा पास गर्न नहुने पक्षमा छन्। एमसीसीबारे आजको बैठकले निर्णय लिन सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell