PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जुवा खेलिरहेको अवस्थामा झापामा समातिए ७ जना



पहिलोपोस्ट

जुवा खेलिरहेको अवस्थामा झापामा समातिए ७ जना

काठमाडौः जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको टोलीले झापा कनकाई नगरपालिका वडा नम्बर ३ स्थित टप्पु टोलबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। लकडाउनको समयमा चेतन कुमार प्रसाईँको दुई तले घरको भुइतलामा उनीहरूले जुवा( कौडा) लेखिरहेका थिए।

पक्राउ पर्नेहरूमा विष्णु प्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल, ओमप्रकाश चापागाईँ, मान बहादुर श्रेष्ठ र हरि बहादुर श्रेष्ठ रहेका छन्। प्रहरीले उनीहरूको साथबाट एकहत्तर हजार दश रुपैयाँ बरामद गरेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell