PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

वीरगंजमा थपिए १७ नयाँ सङ्क्रमित, पर्सामा पुगे १ सय ४१



राधेश्याम पटेल

वीरगंजमा थपिए १७ नयाँ सङ्क्रमित, पर्सामा पुगे १ सय ४१

वीरगंजः वीरगंजमा थप १७ जनामा सङ्क्रमण पुष्टि भएको छ। पर्सा जिल्लामा कोरोना सङ्क्रमितको  १४१ पुगेको छ। शनिवार साँझसम्म पर्सामा कूल सङ्क्रमितको १२४ थियो। आइतवार बिहान ९ बजे ३ महिलासहित १७ जना सङ्क्रमित थपिएपछि कुल १४१ जना पुगेका हुन्।

आइतवार थपिएका १७ जनामध्ये वीरगंजकी ३२, पोखरीयाकी ३७ र पर्सागढिकी ३१ वर्षिैया महिला छन्। १४ जना पुरुषहरूमा पोखरीयाका रहेका छन्। बाँकी ६ जनामा बहुदरमाई नगरपालिकाका २४ वर्षीय,सखुवा प्रसौनी ३ का ४० वर्षे,विन्दवासिनी ३ का २६ वर्षीय,जिराभवानी गाउँपालिका १ का ३२ वर्षीय,धोबिनी गाउँपालिका २७ वर्षीय,पटेर्वासुर्गौली १ लक्ष्मीपुरका ३७ वर्षीय र सोही पालिका वडा नं ५ का २० वर्षीय पुरुष रहेका छन्।

१७ जनामध्ये पोखरीयाको क्वारेन्टाइनबाट १० जना, विन्दावासिनीबाट २ जना जिराभवानी गाउँपालिकाको क्वारेनटाइनबाट १, धोबिनीबाट १, पर्सागढीबाट १ र पटेर्वा सुगौलीबाट २ नयाँ सङ्क्रमित भेटिएको नारायणी अस्पतालका चिकित्सक एवम् गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

सङ्क्रमित सबैलाई गण्डक कोभिड अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको जनाइएको छ।

अहिले गण्डक अस्पतालमा २७ जनाको उपचार भइरहेको छ। अस्पतालमा ५० बेडको आइसोलेसन वार्ड क्षमता छ।

पर्सामा एक साता अघि सङ्क्रमण दर घटे पनि पछिल्लो ४ दिन देखि सङ्ख्या बढ्ने क्रम उच्च छ। पर्साका १४ वटा पालिकाको ३६ वटा क्वारेनटाइनमा भारतबाट आएर करिब पौने ७ सय व्यक्ति बसिरहेका छन्।

आइतबार भेटिएका १७ जनाको स्वाब सङ्कलन जेठ २५ र २६ गते लिइएको थियो। नारायणी अस्पतालको ल्याबबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell