PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

ती एम्बुलेन्स चालक पनि संक्रमित भए जसले कोरोना लागेका मानिस ओसार्थे



राधेश्याम पटेल

ती एम्बुलेन्स चालक पनि संक्रमित भए जसले कोरोना लागेका मानिस ओसार्थे

वीरगंज : पोखरीया नगरपालिकाको पोखरीया माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट भेटिएका १० जना कोभिड १९ का संक्रमितमध्ये एक जना ३५ वर्षे एम्बुलेन्स चालक पनि रहेको खुलेको छ।

उनी पोखरीया नगरपालिका १ का बासिन्दा हुन्। यसभन्दा अघिका संक्रमितलाई गण्डक अस्पताल पुर्‍याएपछि उनलाई क्वारेन्टाइनमा पठाइएको पोखरीया नगरपालिकाकी उपमेयर सल्मा खातुनले बताइन्।

वीरगंजमा आज बिहान थप १७ जनामा सङ्क्रमण पुष्टि भएको हो। पर्सा जिल्लामा कोरोना सङ्क्रमितको १४१ पुगेको छ। शनिवार साँझसम्म पर्सामा कूल सङ्क्रमितको १२४ थियो। आइतवार बिहान ९ बजे ३ महिलासहित १७ जना सङ्क्रमित थपिएपछि कुल १४१ जना पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell