PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

विद्यार्थीलाई इन्टरनेट निशुल्क व्यवस्था गर्न नेविसंघको माग



पहिलोपोस्ट

विद्यार्थीलाई इन्टरनेट निशुल्क व्यवस्था गर्न नेविसंघको माग

काठमाडौं : नेपाल विद्यार्थी संघले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसमक्ष विद्यार्थीलाई नि:शुल्क इन्टरनेट व्यवस्था मिलाउन माग गरेको छ।

आज नेविसंघका अध्यक्ष राजीव ढुंगानासहितका पदाधिकारी सिंहदरवारस्थित मन्त्रालय पुगेर शिक्षामन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेका हुन्।

त्यसैगरी, नेविसंघले बजेटको १६६ बुँदामा समेटिएको बुँदा खारेज गर्न पनि माग गरेको छ। नेविसंघले एसईईको झैं कक्षा ११ मा पनि आन्तरिक मूल्यांकनबाट परीक्षा गरिनुपर्ने माग राखेको छ।

त्यसैगरी नेविसंघले शैक्षिक संस्था नखुलेसम्म कुनै प्रकारको शुल्क नलिन र पुस्तक आयतमा लागेको १० प्रतिशत कर खारेज गर्न समेत माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell