PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

'कथाकार'को शब्दमा नेपालको पहिलो एकापेला : पिंजडाको चरा



पहिलोपोस्ट

'कथाकार'को शब्दमा नेपालको पहिलो एकापेला : पिंजडाको चरा

घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?
अज्ञात अचेत सब लम्पसार परेर
घमण्ड तेरो कता छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले…

चरा, स्वतन्त्रता अनि पिंजडालाई जोडेर यी शब्द रचेका हुन् 'हाम्रो पात्रो'को अडियो पोडकाष्ट सिरिजका सन्तोष देवकोटा 'कथाकार'ले। कथा भन्ने श्रृंखलालाई थाती राख्दै गीत लेखन गरे। र, नाम दिए 'पिंजडाको चरा'।

गीतमा स्वर दिएका छन् अंकितबाबु अधिकारी र भ्वाइस अफ नेपाल पहिलो संस्करणका फाइनलिष्ट सप्तक दुतराजले।

‘आर्टमाण्डू’ले निर्माण गरेको यस गीत नेपालको पहिलो ओरिजिनल 'एकापेला कम्पोजिसन' भएको बताइएको छ। एकापेला अर्थात् कुनै पनि वाद्यवादन प्रयोग नगरी मुखबाटै विभिन्न धूनहरु निकाली तयार पारीने सांगीतिक विधा।

गीतमा अहिले विश्व समूदाय र समूदायसँगै यो पृथ्वीले, यो प्रकृतिले विकासका नाममा भोगेको हेपाई तथा करुणा हराएको कथा समेटिएको छ।

'धर्तिको ब्यथा पोखेको छ, धर्तिको आवाज समेटेको छु। प्रकृतिका हरेक जीव, जलचर, चराचुरुङ्गी, किटपतङ खुल्ला आकाशमुनी स्वच्छ हावामा रमाएका छन् भने बन्द कोठाभित्र मानव सभ्यता थुनिएको यथार्त समेटेको छु', कथाकारले भने।

उनले गीतमार्फत् अत्ति भएपछि क्षति हुन्छ भन्ने सन्देश प्रवाह गरेको बताएका छन्।  

गीतको पृष्ठभूमिमा लकडाउन छ अनि सृष्टीपछिका अनन्त कथाहरुको सारसंक्षेप समेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell