PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

काठमाडौंमा नयाँ सवारी पास बन्द, काठमाडौंबाट बाहिर जान र फर्किनको लागि यस्तो छ व्यवस्था



पहिलोपोस्ट

काठमाडौंमा नयाँ सवारी पास बन्द, काठमाडौंबाट बाहिर जान र फर्किनको लागि यस्तो छ व्यवस्था

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौँले पासहरू बन्द गरेको जानकारी दिएको छ।

आइतवार कार्यालयले सूचना जारी गर्दै काठमाडौँ जिल्लाभरि पास बन्द गराएको जानकारी दिएको हो। जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। जारी भएका पासको सम्बन्धमा भने स्पष्ट केही खुलाइएको छैन।

त्यस्तै काठमाडौँमा बसोबास गर्ने र जिल्ला बाहिर रहेका मानिसलाई समेत ल्याउन व्यवस्था मिलाएको जानकारी दिएको छ। त्यसको लागि काठमाडौँको कुन नगरपालिकामा बस्ने हो। त्यही नगरपालिकाले आउनुपर्ने जिल्लाको जानकारी सहित प्रवेशको अनुमति निवेदन कार्यालयमा दिनुपर्ने छ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर पास उपलब्ध गराउने जानकारी गराएको छ। काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell