PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

हलिउड निर्देशकको रोजाईमा आमिरको फिल्म



पहिलोपोस्ट

हलिउड निर्देशकको रोजाईमा आमिरको फिल्म

हलिउड फिल्म निर्देशक जेम्स गनले आफूलाई बलिउड फिल्म मन पर्ने बताएका छन्।

हलिउडका चर्चित ‘सुसाइड स्क्वड, गार्डियन्स अफ द ग्यालेक्सी ३’ जस्ता फिल्मको निर्देशन गरिसकेका जेम्सले इन्स्टाग्रामको प्रश्नोत्तरमा आफ्ना फ्यानलाई जवाफ दिने क्रममा आफ्नो मन पर्ने बलिउड फिल्मबारे जानकारी दिएका हुन्।

यसक्रममा उनले आमिर खानको फिल्म आफूलाई मनपर्ने बताए। आमिर खानको प्रख्यात क्रिकेट कथामा आधारित फिल्म ‘लगान’ आफ्नो मनपर्ने भारतीय फिल्‍म भएको जेम्सले जानकारी दिए।

आमिर खानको फिल्म लगान सन् २००१ मा प्रदर्शनमा आएको थियो। यो फिल्‍मले बक्स अफिसमा जबरदस्त सफलता हासिल गरेको थियो। साथै आमिर खान र निर्देशक आशुतोष गोवारिकरको करियरकै सबैभन्दा सफल फिल्ममा पर्छ। यो फिल्मले ओस्करमा भारतको प्रतिनिधित्वसमेत गरेको थियो।

प्रश्नोत्तरका क्रममा निर्देशक जेम्सले आफ्नो आगामी प्रोजेक्टबारे पनि जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell