PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

संविधान संशोधन विधेयक संशोधन दर्ता प्रक्रियाका लागि राष्ट्रिय सभाबाट अनुमोदन



पहिलोपोस्ट

संविधान संशोधन विधेयक संशोधन दर्ता प्रक्रियाका लागि राष्ट्रिय सभाबाट अनुमोदन

काठमाडौं : संविधान संशोधन विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन भएको छ। राष्ट्रिय सभाको आइतवारको बैठकले विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको हो।

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमा विधेयक सर्वसम्मत स्वीकृत भएको हो।

अब विधेयकमा सांसदहरुले संशोधन दर्ता गर्न पाउनेछन्। जसका लागि ७२ घण्टाको समय हुनेछ।

आजको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विधेयक टेबुल गरेका थिए। १५ मिनेटपछि बसेको दोस्रो बैठकमा कानुमन्त्री तुम्बाहाम्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यसपछि भएको सैद्धान्तिक छलफलले विधेयक स्वीकृत गरेको हो। सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले विधेययको समर्थन गरेका थिए।

विधेयक शनिवार प्रतिनिधि सभाबाट पारित भएको थियो। सरकारले भारतले अतिक्रमण गरेको भूमि समेटेर राजनीतिक र प्रशासनिक नक्सा अद्यावधिक गरेपछि निशान छाप परिवर्तनका लागि संशोधन विधेयक संसदमा दर्ता गरेको थियो। जेठ १८ गतेको बैठकमा विधेयक प्रतिनिधिसभामा पेस भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell